दाङ, ११ असार । घोराही उपमहानगरपालिकाले आव २०७५/ ०७६ का लागि १ अर्ब ४९ करोड २६ लाख विनियोजन गरेको छ । तेस्रो नगर सभामा १ अर्व ४९ करोड २६ लाख ३ हजार बराबरको बजेट विनियोजन गरेको हो ।

Ghorani 11जसमध्ये चालूतर्फ ९१ करोड ५७ लाख ५ हजार अर्थात बजेटको ६१ दशमलब ३५ प्रतिशत र पूँजीगत तर्फ ५७ करोड ६ लाख ९ हजार अर्थात बजेटको ३८ दशमलब ६५ प्रतिशत विनियोजन गरिएको छ ।

संघीय सरकारबाट बित्तिय समानीकरण अनुदान ३२ करोड ४६ लाख रुपैयाँ, राजस्व बाँडफाँड २१ करोड ६९ लाख ८५ हजार, ससर्त अनुदान ४४ लाख करोड ८१ लाखको तोकिएको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदानमा ७३ लाख १३ हजार, राजस्व वाँडफाँडमा २ करोड ८९ लाख ८५ हजार र ससर्त अनुदानमा १ करोड ३३ लाख रुपैयाँ आएको छ । आन्तरिक राजस्वमा १९ करोड, लागत सहभागिताका लागि ५ करोडको अनुमान गरिएको छ भने सामाजिक सुरक्षा कार्यक्रम, सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आयको अनुमान गरिएको उपप्रमुख सीता न्यौपानेले बजेट प्रस्तुत गरेकी थिइन् ।

सडक पूर्वाधारमा करिब १४ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधारलाई बलियो बनाउन १३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षातर्फ ससर्त र निसर्त गरी ३९ करोड ७ लाख ९ हजार, स्वास्थ्यतर्फ ६ करोड ३ लाख १२ हजार, खानेपानी तर्फ १ करोड २४ लाख, संस्कृति प्रर्बद्धनमा २३ लाख, सहकारी तर्फ ३५ लाख, पर्यटनमा ५६ लाख, उद्योग तथा व्यवसायमा ५ लाख, कृषि तथा पशु सेवा क्षेत्रमा १ करोड ५२ लाख ५६ हजार रुपैयाँ, खेलकुदका लागि १४ लाख ६० हजार, लैङगिक समानता र सामाजिक समावेशीकरणतर्फ १ करोड १ लाख ४८ हजार, सिचाई तर्फ २० लाख रुपैया विनियोजन गरिएको छ ।

यस्तै भवन तथा शहरी विकासमा ३ करोड २५ लाख, उर्जातर्फ १३ लाख ४५ हजार, सञ्चारतर्फ १० लाख, जालाधार संरक्षणमा १ करोड ८५ लाख, वातावरण संरक्षणमा ५० लाख, फोहोर मैला व्यवस्थापनमा ६३ लाख, जलउत्पन्न प्रकोप नियन्त्रणमा ५० लाख, विपद व्यवस्थापनमा ५० लाख, सूचना प्रविधिमा २४ लाख, अनुसन्धान तथा विकास ६० लाख र वडागत पूँजीगत अनुदानमा ९० लाखका दरले १७ करोड १० लाख रुपैयाँ बिनियोजन गरेको छ ।