दिपक बोहरा
तुलसीपुर, १६ असार । दाङको तुलसीपुर ६ को राप्ती बाल एकेडेमीले आफ्ना बिद्यार्थी आकास सापकोटा यस बर्षको प्रबेशिका ( एसएलसी ) परिक्षाको नतिजामा जिल्ला कै उत्कृष्ट भएको दाबि गरेको छ । एकाडेमीले बिहिबार रिपोर्टर्स क्लब नेपाल दाङमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो दाबी गरेको हो ।
क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा एन प्याबसन दाङका अध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा ऐकेडेमीका प्रिन्सीपल ठाकुर डाँगीले अरु बिद्यार्थीले ५ वटा बिषयमा मात्रै एप्लस ल्याएको तर राप्ती बाल ऐकेडेमीका छात्र सापकोटाले ६ ओटा बिषयमा एप्लस ल्याउन सफल भएकाले सापकोटानै जिल्ला प्रथम भएको दाबि गरे ।
उनले अंग्रेजी , गणीत , बिज्ञान, स्वास्थ्य जनसंख्या तथा बाताबरण शिक्षा, अतिरिक्त गणित र लेखामा एप्लस ल्याएका छन् भने नेपालीमा ए र सामाजिकमा बिप्लस ल्याएको जानकारी दिए । उनका अनुसार सापकोटाले ३.८५ जिपिए प्राप्त गरेका छन् । डाँगीले छात्र आकास साप्कोटाले दाङमा राप्ती बाल ऐकेडेमीको नाम उचाईमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रसांसा पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एनप्याबसनका जिल्ला अध्यक्ष शर्माले एनप्याबसनको सदस्य बिद्यालय राप्ती बाल ऐकेडेमीले शिक्षा दिलाएका बिद्यार्थीले जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउनु गर्बको कुरा भएको बताएका थिए । उनले राप्ती बाल ऐककेडेमीले उत्कृष्ठ बिद्यार्थी उत्पादन गर्न सफल भएकोमा ऐकेडेमीको प्रसांसा पनि गरेका थिए । कार्यक्रमको सहजिकरण क्लबका सजिब बिमल गौतमले गरेका थिए ।
