इन्द्रेणी संवाददाता
दाङ, ९ असार । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको आज सम्पन्न तेस्रो नगरसभा अधिवेशनबाट करीव एक सय बुँदामा आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरसभामा मेयर नरुलाल चौधरीले आर्थिक वर्ष २०७४÷७५ मा भए गरेका नीति तथा कार्यक्रमको समीक्षा गर्दै पूर्वाधार विकासअन्तर्गत सडक, सिंचाई, भवन तथा सहरी विकास, सहरी यातायात, उर्जा लघु तथा सम्पन्न जलविद्युतलगायतका शीर्षकका नीति तथा कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा उपमहानगरपालिकाले आगाडि आवमा सडक कृषि, उद्योग, प्रर्यटन, व्यापारलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
उपमहानगरले कुवा खोला र गुर्जे खोलामा ड्याम निर्माणका लागि स्वीकृथ आयोजना प्रतिवेदन तयार गर्ने र निर्माण प्रारम्भ गर्ने, प्रत्यक वडाहरुमा बाल उद्यान निर्माण गर्नेदेखि नारायणपुर क्षेत्रमा क्षेत्रस्तरिय विमानस्थल निर्माणका गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।












