उदय बीसी
दाङ, ९ असार । दाङमा बलात्कारका घटना वर्षेनी वढ्दै गएका छन् । गएको ६ महिनामा जिल्लामा २७ वटा बलात्कार तथा बलात्कारका प्रयासका घटना भएको तथ्याङक छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङमा सन् २०१८ जनवरीदेखि जुट २२ सम्ममा यी घटना भएको उल्लेख छ । तथ्याङकमा २७ वटा घटनामध्ये २३ वना बालिका बलात्कारभएका छन् भने ३ किशोरी एक वृद्धा बलात्कारमा परेकी छन् ।

35932166_10211754634013182_8151694043424751616_nत्यस्तै नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ अर्धवार्षिक प्रतिवेदनमा वितेको ६ महिनामा ८४ वटा मानवअधिकार हनन तथा उल्लंघनका घटना भएको उल्लेख छ । आज घोराहीमा आयोजना गरिएको समीक्षा कार्यक्रममा वितेको ६ महिनामा सवैभन्दा धेरै बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिए ।

घटनाको प्रकृति हेर्दा ३ वर्षदेखि १६ वर्षसम्मका बालिका बलात्कारमा परेका छन भने ५९ वर्षसम्मका वृद्धा पनि बलात्कारमा परेका छन । यो आंकडा विगतको वर्षभन्दा करिव दोव्वर हो । यस्तै २५ वटा घटना धम्की÷कुटपिट, ५ हत्या÷हत्या प्रयास, ४ अपहेलना, ७ वन्द÷हड्ताल, कथित बोक्सीको १, दुव्र्यवहार ६, गैरकानुनी हिरासत÷ यातना ५, तोडफोड १, कथित छुवाछुत १ र अन्य २ गरी ८४ वटा घटनामा ९७ जना नागरिक पीडित भएका छन् । जसमा ८० जना गैरराज्य र १७ जना राज्यपक्षबाट पीडि भए । जसमा ५ जनाको हत्या तथा हत्या प्रयास भएका छन् ।

त्यस्तै एक नवजात शिशु र ३ महिलासहित ४ जनाको हत्या भएको छ भने एकजनाको हत्याप्रयास भएको छ । यस्तै ४ पत्रकारसहित ८ जनामाथि दुव्र्यवहारका घटना भएका छन् । त्यस्तै प्रतिवेदनमा यो ६ महिनामा ६ दिन सार्वजनिक यातायात तथा शैक्षिक संस्था बन्द भएको उल्लेख छ । त्यस्तै ५ गैरकानुनी हिरासतको घटनामा १७ जना नागरिक पीडित छन् ।

मानवअधिकार सञ्जाल दाङका अध्यक्ष केशव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका न्यायीक समितिकी संयोजक सीता न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, एमालेका शरद अधिकारी, काग्रेसका शंकर डाँगी, राजमाका गणेश आचार्य, वडा प्रहरी कार्यालय दाङका प्रमुख रञ्जन अवालगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।