काठमाडौं, ८ असार । नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल परित्याग गरी विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।

kesab-dahalलामो समयदेखि  नयाँ सक्तिमा रहेका दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट टुङ्गोमा पुर्याउने दावी गरे । दाहालले पार्टी परित्याग गर्नु अघि आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेका थिए ।