इन्द्रेणी संवाददाता
दाङ, ८ असार । दाङमा एक जना वुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवार निवासी ३२ वर्षीया लालसरी बुढाले आफ्नै ५६ वर्षीया सासु दिलकुमारी बुढाको हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लालसरीले सासु दिलकुमारीको घाँटी थिचेर हत्या गरेकी हुन् । लालसरीलाई प्रहरीले नियन्त्रणमा लइसकेको छ । लालसरीले प्रहरी समक्ष आफूले सासुको हत्या गरेको समेत स्वीकार गरिसकेको प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसद घर्तीले बताए । करीव एक वर्षदेखिसासु बुहारीबीच एक वर्षदेखि बोलचाल बन्द थियो ।











