काठमाडौं, ६ असार । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ । भेटवार्तामा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।
मंगलवार मात्रै बेइजिङ पुगेका ओलीले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै यसपटकको भ्रमण पहिलो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति÷सम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने बताए ।











