काठमाडौं, ६ दिनका लागि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओली आज विहानै चीन प्रस्थान गरेका छन् ।
यसैगरी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशमा नभएकाले तेश्रो बरियताका नेता नेपालले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै ओलीले संसदीय दलको नेताको जिम्मेवारी उप नेता सुवासचन्द्र नेम्बाङ्गलाई दिएका छन् ।











