दाङ, ४ असार । तुलसीपुरमा करीव ४० करोड लगानीमा सात तले ‘तुलसी ट्रेड टावर’ निर्माण हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन नजिकै रहेको सब्जिमण्डी रहेका क्यु.एफ.एक्स सिनेमाहलसहितको टवर निर्माण गर्ने भएको हो ।
सोमबारसरोकार वालासँग सुझाब सङ्कलनका लागि सहभागीले उधोगी, व्यापारी तथा ब्यबसायीसँगको भेटमा मेयर घनश्याम पाण्डेले नीजि क्षेत्रको सहकार्यमा विभिन्न क्षेत्रमा काम अगाडि बढाउन उपमहानगरपालिका इच्छुक रहेको बताए ।
उनले तुलसीपुर क्षेत्रमा स्तरिय होटल, केबुलकार सञ्चाल, सभाहल, खेल मैदान, रेष्टुरा, कलेज, स्तरीय बिद्यालयका साथै कृषि र उत्पादनमूलक काममा समेत नीजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढन सकिने बताए ।











