इन्द्रेणी संवाददाता
दाङ, ४ असार । राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर ५ बाट निर्वाचित भएका तीन जना महिला सदस्यमध्ये एक जनाको ६ वर्ष, एक जनाको चार वर्ष र अर्का एक जनाको दुई वर्ष कार्यकाल हुने भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि आज संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट अनिता देवकोटालाई ६ वर्ष, कोमल वलीलाई ४ वर्ष र मीना वुढालाई २ वर्ष कार्यकालको चिट्ठा परेको हो ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ बाट देवकोटा कांग्रेसको तर्फबाट, वली एमालेको तर्फबाट र वुढा एमाओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए ।











