दाङ, ३ असार । स्थानीय र सोना सिमेन्ट उद्योगबीच २०७३ सालमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले आज जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

0003घोराही उपमहानगरपालिका वडा नं १३ र १६का सिमेन्ट उद्योग पिडितहरुको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै आफुहरु र सिमेन्ट उद्योगबीच भएको सम्झौता कार्यान्वयन नभएको भन्दै माग पुरा गराउन आग्रह गरेका थिए । ज्ञापनपत्र बुझ्दै श्रेष्ठले मापदण्ड पुरा गराउनका लागि आफुले कानुनअनुसार अग्रसरता लिने प्रतिवद्धता जनाएका थिए ।