तुलसीपुर, ३ असार । तुलसीपुर उपमहानगरपालिकाको लक्ष्मीपुरमा आइतवार बृहत् स्वास्थ शिबिर सञ्चालन गरिएको छ ।
ज्येष्ठ नागरिक, महिला सञ्जालको आयोजना र ओरेक नेपाल दाङको सहयोगमा आयोजना गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार वढीले आफ्नो स्वास्थ्य चेकजाँच गराएका थिए ।
शिविरमा ८६ वर्षियासीता चौधरीले खुलेर आफ्ना समस्या चिकित्सकहरुसँग राखेकी थिइन् । उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता धेरै बृद्धाहरुले शिविरमा आफ्नो स्वास्थ्य जाँच खुरेरै गराएका थिए ।
शिविरको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले अबदेखि तुलसीपुरवासी औषधि उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने दावी गरे ।











