इन्द्रेणी संवाददाता
दाङ, ३ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीअन्तर्गतको अखिल (क्रान्तिकारी)ले गरेको शैक्षिक आमहड्तालका कारण आज दाङका शैक्षिक सस्थाहरु बन्द रहेका छन् ।
पेट्रोलिय पदार्थको मूल्य बृद्धिलगायतका विभिन्न माग गर्दै घोषणा गरिएको शैक्षिक हड्तालका कारण जिल्लाका शैक्षिक संस्था बन्द भएका हुन् । संगठनले शैक्षिक शुल्क, माफियाकरण, दलालीकरण तथा भ्रष्टीकरण तथा विदेशी पाठ्यक्रम अनुसार पठनपाठन हुँदै आएका विद्यालयको खारेजी समेतको माग गरेको छ ।











