घोराही, २ असार । लाइब्रअरी फाउण्डेसनका अध्यक्ष सोम सापकोटाले फाउण्डेसनले नेपालका पुस्तकालयहरुलाई डिजीटल प्रबिधिमा लग्ने अभियान थालेको र यसक्रममा मुलुकभरीका ४० बढी पुस्तकालयलाई डिजीटल प्रबिधिमा रुपान्तरण गरेको बताएका छन् । सापकोटाले दाङको सर्बोदय पुस्तकालयद्वारा घोराहीमा शुक्रवार आयोजित स्वागत एवं छलफल कार्यक्रम उक्त बताएका हुन् ।

ablokanगैरआबशीय नेपाली संघ (एनआरएन) का सहकोषाध्यक्ष समेत रहेका अध्यक्ष सापकोटाले जनस्तरबाट निर्मित मुलुकै पुराना पुस्तकालयमध्ये एक सर्बोदय पुस्तकालयलाई आफ्नो सस्थाको तर्फबाट आगामी एक बर्षभित्रै ई—लाइब्रेअरी स्थापना गरीदिने प्रतिबद्धता जनाउँदै सिंगो मुलुकै धरोहरको रुपमा रहेको सर्बोदयलाई बिकास गर्न सहयोग पक्षको सहयोग हसनुपर्ने कुरामा जोड दिए ।