खकेन्द्र केसी

जेठ २९, सल्यान । सल्यानकाे त्रिवेणी गाउँपालिका ३ ढुंगेबजार निजिकै रहेकाे जमिनमुनिकाे ताललार्इ त्रिवेणी गाउँपालिकाले पर्यटकीय स्थल बनाउने भएकाे छ । त्यसकाे लागि गाउँपालिकाले काम समेत थालनी गरेकाे छ ।

imageढुंगेबजारदेखि करिब डेढ किलाेमिटर माथि पातिहाल्ने ढुंगामुनि रहेकाे जमिनमुनिकाे ताल र माथिबाट झर्ने झरना एउटा प्राकृतिक ठाउँ मानिन्छ । जेठमासकाे खडेरीमा सल्यानकाे प्रमुख नदि शारदा बराबर पानि रहेकाे उक्त झरनाकाे पानि जमिनमुनिकाे तालमा जान्छ । माथि झरनाबाट पनि खस्ने र तल तालमा जाने गर्दछ । सानाे क्षेत्रफलमा फैलिएकाे उक्त तालकाे गहिराइ कति छ भन्नेकुरा अहिलेसम्म एकिन भएकाे छैन् । स्थानीयका अनुसार दुर्इअाेटा जिअाइ पाइप जाेडेर करिब १८ मिटर लामाे तालमा डुबाउदा पनि जमिन नभेटिएकाे बताइएकाे छ । 

थाेरै क्षेत्रफल र धेरै गहिराइमा रहेकाले उक्त तालकाे नाम जमिनमुनिकाे ताल राखिएकाे ३ नम्बर वडा अध्यक्ष हुकुम प्रसाद महतरा बताउछन् । उनले भने-“याे ठाउँ एउटा प्रकृतिकाे बर्दान हाे, याे ताल वरिपरि ढुंगाकाे ठुलाे चट्न छ, झरनाबाट ठुलाे पानि बगेर तालमा जान्छ, यसलार्इ हामि पर्यटकीय क्षेत्र बनाउछाैँ ।”

तालकाे अचम्मकाे कुरा याे छ की केहि बर्ष अघि उक्त जमिनमुनिकाे ताललार्इ पुर्नकाे लागी नजिकै सडक कटिङ गरिरहेकाे डाेजरबाट ढुंगा माटाे लिएर ढलान गर्न लागियाे तर गहिराइमा फालिएका ढुंगाहरुलार्इ पानिले उल्टै माथितिर धकेल्ने गरेकाे तत्कालिन प्रत्यक्षदर्शी नेत्र पुन बनाउछन् उनले भने-” ४ बर्ष अघि म याे ताल नजिक अाएकाे थिए, यहाँ डाेजरले बाटाे खन्दै थियाे । ताललार्इ समेत पुर्नकाे लागी डाेजरबाट ढुंगामाटाे लिएर राखिदै थियाे तर पानीले उल्टै ढुंगालार्इ माथितिर धकेलेकाे देखेपछि मैले ताललार्इ नपुरिदिन र जाेगाउन अाग्रह गरे ।” 

उक्त तालमा अाउने पानि धेरै माथिकाे ठाउँबाट अाएकाे छ । त्यस्तै तालदेखि तलतिर बग्ने पानि करिब ३ सय मिटर तल गएर सागरमा परिनत भएकाे छ । अहिले उक्त ठाउँमा त्रिवणाी गाउँपालिका र वडा नम्बर ३ काे सहयाेगमा प्रतिक्षालय र फिल्ड बनाइदै छ । पर्यटकीय गन्तव्य बनाउनकाे लागी उक्त ठाउँमा गाउँपालिकाले हरकदम चाल्ने गाउँपालिका उपाअध्यक्ष करुना खड्काले बताइन् । त्यहाँ पुग्नकाे लागी सडककाे सुधार र हाेटलहरु विस्तार गरिने उनले बताइन् ।