केशरमान बुढाथोकी
गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग असाधारण जन्मजात केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन स्थापित कलाकार हुन लगातारको त्याग तपस्या हुन जरुरी छ ।

नेपाली साङ्गीतिक आकाशमा असंख्य ताराहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल झापाका एक नव प्रतिभा हुन् भिजन बाँस्कोटा ।

बिगत २ बर्ष यता सुगम संगीतलाई साधना बनाएर लागेका बास्कोटाले निकै कर्णप्रिय गीत “आधि रातमा” भर्खरै बजारमा लिएका छन् । आफुले आफै भन्दा पनि बढी माया गरेको मायालु साथमा नहुँदाका एक प्रेमीले गर्ने बेदना समेटेको यो गीतले छोटो समयमा निकै चर्चा बटुलेको छ । राजु बाबु श्रेष्ठको शब्द र भिजन बाँस्कोटाको स्वरमा रहेको यो गीतमा संगीतकार आनन्द राइले संगीत भरेका छन् ।

गायक बाँस्कोटाका यस अघि “कोही ढुङ्गा ताक्ने गर्छन , कोही चक्कु छुरा ” , “ओइ बसन्ती मलाइ तिम्रो बोली मन पर्छ”, “आँखा आँखा जुधे पहिले अनि बोलीचाली ” जस्ता लोकप्रिय गीत यस अघि नै बजारमा आइसकेका छन् । अघिल्ला गीतहरुले सफल गायकको रुपमा चर्चा बटुल्न सफल बाँस्कोटाको “आधि रातमा” ले यतिबेला  नेपाली कलाकारिता बजारमा तहल्का मच्चाएको छ । गायक बाँस्कोटाको कलाकारिता क्षेत्र सफल बनोस इन्द्रेणी अनलाइनको शुभकामना ।

भिडियो हेर्नुहोस