सल्यान, १२ जेठ । कालिका माध्यामिक विद्यालय कपुरकोट सल्यानमा जारी शैक्षिक तथा धार्मिक महोत्सवको छैठौँ दिन शनिबारसम्म २५ लाख रुपैयाँ संकलन भएको छ । विभिन्न दाताहरुले गरेको नगद, भुमि तथा तुलादान मार्फत यती रकम संकलन भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
शनिबार मात्रै महायज्ञमा ४ लाख बढी संकलन भएको मुल आयोजक समितीका महासचिव बामदेव अधिकारिले जानकारी दिए । शैक्षिक तथा धार्मिक महोत्सवमा छिमेकी जिल्ला दाङ, रोल्पा, रुकुमबाट पनि शिक्षाप्रेमि र धर्मप्रेमी भक्तजनहरु सहभागी भएका छन् ।











