काठमाडौं, ८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान साँढे पाँच बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी दिएको छ । गोरे उपनामले चिनिने उप्रेतीको घर मोरङको उर्लाबारी हो । प्रहरी उच्च अधिकारीसँगको मिलेमतोमा उनले सुन तस्करी गर्दै आएका थिए ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले ‘गोरे समूहले पछिल्लो चार वर्षमा मात्र झन्डै ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।’
उनलाई आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।











