सल्यान, ७ जेठ । सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । बागचौर नगरपालिाका २ ठाटीचौरस्थित आग्रीखोलामा रा १ झ १०३६ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा वागचौरीकी ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा विरामी महिला १९ बर्षीया चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया रामबहादुर बुढाथोकी रहेका छन् । घाइते जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटना गएराति भएको हो ।











