शंकर केसी
सल्यान, ७ जेठ । सल्यानको कपुरकोटमा आज सोमबारदेखि सञ्चालन हुन लागेको महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
कालिका मावि कपुरकोटलाई जिल्लाकै नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारी पूरा भएको महायज्ञ मूल आयोजक समितिका संयोजक भुवनेश्वर गौतमले जानकारी दिए ।
महायज्ञका लागि यज्ञ मण्डप, हवन मण्डप, मञ्च लगायतका सबै तयारी पूरा भएको छ । महायज्ञ पहिलो दिन सोमबार विहान १० बजे कालिका माविको प्रांगणबाट झाँकी, ¥याली, पञ्चेबाजासहित कलश यात्रा गरिदैछ ।











