इन्द्रेणी संवाददाता
दाङ, ६ जेठ । दाङमा आज सडक दुर्घटनामा परी एक जना बालकको ज्यान गएको छ । राप्ती गाउँपालिका २ लालमटियामा पूर्व पश्चिमतर्फ लु १ ख ९५०६ नंम्बरको ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको हो ।

accdentमृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी ८ वर्षीय गौतम बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक पार गर्ने क्रममा बालकलाई ट्रकले ठक्कर दिएको बताइएको छ । ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।