काठमाडौं ३ जेष्ठ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सम्पन्न भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षबीच पार्टी एकता संयोजन समितिको बैठक बिहिवार बिहान १० बजे डाक्ने र सोही बैठकबाट आवश्यक निर्णय गर्ने छलफल भयो ।

सम्भवत बिहिबार नै पार्टी एकता बारे निर्णायक छलफल हुने प्रचण्ड निकट स्रोतले जनाएको छ ।