जीवन गौतम ( सहजकर्ता–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान )
दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने क्रममा अहिले आएर केही बिबाद उत्पन्न भएका छन् । अस्पताल प्रतिष्ठानमा हस्तान्तरणदेखि कर्मचारी नियुक्तिसम्मका बिबाद चुलिदै गएका छन् । अझ भन्नुपर्दा एक थरीले सरकारले दाङमा घोषणा गरिसकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्यत्र सर्न सक्ने सम्मका अभिव्यक्ति दिन थालेपछि यसको बिबाद छताछुल्ल भएको छ । प्रस्तुत छ यसै सन्दर्भमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्दा स्वास्थ्य मन्त्रालयले सहजकर्ताको रुपमा नियुक्त गरेका सहजकर्ता एवं नेकपा माओवादी केन्द्रका नेता जीवन गौतमसँग इन्द्रेणी अनलाइनका कार्यकारी सम्पादक उदय बीसीले गरेको कुराकानीको सार संक्षप । –सम्पादक
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम कसरी अघि बढिरहेको छ केही जानकारी राख्नुभएको छ ?
मलाई गिरिराजमणि पोख्रेल स्वास्थ्यमन्त्री भएको वेलामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अघि वढाउनका लागि सहजकर्ताको रुपमा नियुक्ति गरियो । उहाँले सहजकर्तामा नियुक्त गरे पछाडि सांसद भंग हुनुभन्दा अगाडि नै गिरिराजमणि पोख्रेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती रेखा शर्मालगायतले सबै सभासदहरुको बीचमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन सांसदबाट पारित गराउने काम मैले सहजकर्ताको रुपमा काम गरे त्यसको मैले नेतृत्व गरे । त्यो काम मैले पूरा गरे । त्यस पछाडि चुनाव आयो त्यही बीचमा एमाले र माओवादीको बीचमा चुनावी तालमेलदेखि पार्टी एकता गर्ने निर्णयसम्म भयो त्यस पश्चात स्वभाविक रुपमा कांग्रेससँको सत्ता समिकरण भंग भयो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल पनि विनाविभागिय मन्त्री बन्नुभयो । दिपक बोहरा मन्त्री भएर आउनुभयो । त्यस पछाडि सहजकर्ताको रुपमा मलाई हटाउनु पनि हटाइएन । तर त्यो भूमिका निर्वाह गर्ने ठाउँमा म पनि रहिन । चुनावको तगतै तात्कालिन सरकारले संगीता भण्डारीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त ग¥यो । उहाँ यहाँ आउनुभयो तर उहाँले ठिक ढंगले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अगाडि वढाउन सक्नु भएन ।
अझ भन्ने हो भने पहिलो कुरा त उहाँले प्रतिष्ठानको कार्यालय नै यहाँ खोल्नु भएन काठमाडौ खोल्नुभयो । प्रतिष्ठान स्थापना गर्नको निमित्त महत्वपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरु यहाँको सामाजिक व्यक्तित्वहरु दलका कार्यकर्ताहरु जसले प्रतिष्ठान स्थापना गर्न तीन/चार वर्षदेखि लगातार मेहनेत गरिराखेका थिए उनीहरुसँगको छलफल, सरोकारवालाहरुसँगको छलफल संबाद भन्दा पनि बाहिर रहेर अनावश्यकरुपमा आफ्नो ब्रचस्व कायम रहिरहने गरी पदाधिकारी नियुक्ति र सिनेट गठन गर्नुभयो ।
पदाधिकारीहरु पनि हिजोको राप्ती अञ्चल आजको दाङ जिल्ला बाहिरबाट प्रतिष्ठानसँग सरोकारनै नभएका मान्छेहरुलाई राखियो । प्रतिष्ठानसँग कहिल्यै कुनै पनि नाता सम्बन्ध नभएका मान्छेहरुलाई राखियो । सिनेटमा जुन नियुक्तिहरु गरिए । दाङभन्दा बाहिर राप्ती अञ्चलभन्दा बाहिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा भूमिका निर्वाह गरेका भन्दा वाहिरबाट सिनेटमा नियुक्ति गर्ने काम भयो ।
२०१४ सालमा स्थापना भएको महेन्द्र अस्पताल जो जिल्ला अस्पताल थियो । गएको दश वर्षको मेहनेतबाट त्यसलाई ५० वेडमा स्तरउन्नती गर्दै राप्ती उपक्षेत्रीय अस्पताल र ३ सय वेडको स्तरउन्नतीको सैद्धान्तिक निर्णय गराई सक्दा खेरी योगदान गरेका, सहयोग गरेका मान्छेहरुलाई होइन कि काठमाडौंबाट नक्कली चन्दादाता ल्याइयो । फेक (नक्कली) चन्दातादाहरु खडा गरियो र उनीहरुलाई सिनेटमा ल्याउने काम भयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिस्पर्धी संस्थाको रुपमा रहेका व्यक्तिहरुलाई ल्याइयो । जुन दिन यो प्रतिष्ठान साँच्चै फुलफेजमा सञ्चालन हुन्छ त्यसदिन नेपालगञ्जको मेडिकल कलेजसँग प्रतिस्पर्धा हुने हो । नेपालगञ्ज मेडिकल कलेजको क्यासमेन्ट एरिया भनेको भेरी र राप्ती हो । जव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले राप्तीलाई कभर गर्छ त्यसले नेपालगञ्ज मेडिकल कलेजलाई ठूलो धक्का पुग्नेछ ।
तर यो प्रतिस्दर्धी र निजी संस्था हो त्यसको मालिकलाई त्यसको मालिक भनेको व्यापारी स्वास्थ्य, शिक्षा क्षेत्रको व्यापारीलाई सिनेटमा ल्याएर राख्ने काम गरियो । नेपालगञ्जकै भवानी राना जो अहिले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुहुन्छ उहाँलाई ल्याएर राखियो । दाङबाट देवनारायण चौधरीलाई त राखियो तर उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालसँग कुनै साइनो र सम्बन्धै छैन । उहाँ कहिल्यै पनि त्यो सम्बन्धमा जोडिनु भएको छैन । त्यसकारणले राप्ती विज्ञान प्रतिष्ठानमा योगदान पु¥याएको दंगालीहरु राप्तीवासीहरुलाई वाइपास गरियो र सिनेट बनाइयो ।
त्यति मात्रै होइन संगीता भण्डारीले वामपन्थीहरुको सरकार बन्ने निश्चित भइसकेपछि उहाँले सिनेटको बैठक पनि बसाल्नु भयो र ऐन पारित गर्ने प्रयास पनि गर्नु भयो तर त्यो सफल भएन । त्यस पछाडि उहाँले मन्त्रालयबाट नियमावली पास गराउन खोज्नु भयो त्यो अहिले पनि पास भएको छैन । कर्मचारी नियमावली पास भएको छैन कुनै कार्यविधि तय भएको छैन । तर उपकुलपतिको अनावश्यक मोनोपोली चलिरहेको छ । यो अत्यन्तै निन्दनीय छ ।
खासमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनेमा विवाद कहाँनिर हो ?
ऐनमा स्थापना भएको ६ महिनापछि राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने भनिएको छ । तर हस्तान्तरणको एउटा कानुनी प्रक्रिया बाँकी छ । राप्ती उपक्षेत्रीय अस्पताल नेपाल सरकारको सम्पत्ती हो त्यसलाई हस्तान्तरण गर्नका लागि एउटा विधि पूरा गर्नुपर्छ । त्यो हो सरकारले निर्णय गर्नुपर्छ त्यतिकै हस्तान्तरण हुँदैन । यहाँभित्र नेपाल सरकारका कर्मचारीहरु छन् डाक्टरहरु छन् उनीहरुलाई यथोचित व्यवस्थापन गरिनुपर्छ । त्यतिकै हस्तान्तरण हुँदैन तर उहाँ नयाँ सरकार बन्नुभन्दा अगाडि उपकुलपति संगीता यहाँ आउनु भयो र हस्पिटललाई कव्जा गर्ने प्रयत्ना गर्नुभयो । उहाँको हस्पिटल कब्जा गर्ने कामलाई यहाँका नागरिक समाजका केही मान्छेहरुले मेहनेत गरे । सरकारको सम्पत्ती हस्तान्तरणको एउटा विधि हुन्छ एउटा पद्धति हुन्छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्यत्र लैजाने कुरा भएको छ रे नि त । के यो संभव छ ?
पहिलो कुरा त यो हावादारी कुरा हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पताललाई विकास गर्ने आधारमा ऐन बनेको छ । यो कानुनद्धारा स्थापित संस्था हो । कुनै मन्त्रीले चाहाँदैमा , कुनै कर्मचारीले चाहाँदैमा, कुनै व्यक्तिको चाहाँदैमा स्थापित भएको होइन । यो संस्थालाई सिध्याउनलाई धरासायी पार्नलाई एउटा तप्का लागेको छ । यसलाई हामीले परास्त पार्नुपर्छ । उपकुलपतिले बुटवल लैजान्छु भन्नु भएको छ रे । यो बुटवल जानलाई नेपाल सरकारले निर्णय गरेर सांसदमा लिएर कानुन संसोधन गरेर मात्रै लैजान सकिन्छ । कोहि कसै व्यक्तिको इच्छाले लमही जाने तुलसीपुर जाने यात वुटवल जाने यो फुटपाथको किराना पसल त होइन नि । यो मान्छेहरुलाई भ्रम सृजना गर्ने भ्रम पैदा गर्ने र त्यसको आधारमा आफ्ना स्वार्थका काम पूरा गर्ने मात्रै हो ।
कतै भागबण्डा नमिलेको त होइन ?
पदीय भागवण्डा त म भिसी हुने मान्छे होइन, म रजिष्टार हुने मान्छे होइन, म रेक्टर हुने मान्छे होइन र मलाई सिनेट सदस्य पनि हुनु छैन । जुनदिन मैले राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने भूमिका निर्वाह गरे मैले त्यसको दैनिक नेतृत्व गर्नुपथ्र्याे नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गरे त्यस दिनदेखि म यो प्रक्रियाबाट बाहिर छु । तर मेरो कुरा के हो भने कुनै पनि संस्थालाई चलाउनुछ भने सबै प्रबृतिहरुलाई व्यालेन्समा लिएर अघि वढ्नुपर्छ । सबै सरोकारवालाहरुलाई समेटेर अघि वढ्नुपर्छ ।
मेरो कुरा यति मात्रै हो चाहे यो सरकार जसको सुकै नेतृत्वमा होस् सबै राजनीतिक दलहरुलाई समेटने गरी अगाडि वढ्नुपर्छ । हिजो सबै राजनीतिक दलहरुलाई जोडेर अगाडि वढेका थियौैं र एक महिनाभित्र सांसदबाट पारित गर्न सफल भएका थियांै । म सँग तितो अनुभव छ नेपाली काग्रेसका स्वास्थ्य मन्त्री गगन थापा हुने वेलामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फाइल लगातार थन्क्याएर राखियो अगाडि वढ्नै दिइन । कुनै वेला अर्थ मन्त्रालयमा थन्काएर राखियो । धेरै अफ्ठ्याराका वाफजुत यसलाई स्थापित गराएका हौं । यसमा मेरो कुनै राजनीतिक आग्रह-पूर्वाग्रह छैन । बरु विगत हेर्ने हो भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसिको विगत हेरे हुन्छ ।
उहाँले अहिले यहाँको वातावरण विगार्ने र धमिल्याउने काम गरिरहनुभएको छ । उहाँले के भन्दै हुनुहुन्छ भने रे म सँग भागवण्डा मागेका थिए त्यो नदिएका कारण यसो भइराख्या छ । म के भन्छु भने दंगालीहरुले यो भित्र आफ्नो भूमिका खोज्नु स्वाभाविक हो । यो दंगालीहरुको प्रयासबाट स्थापना गरेको हो संगीता भण्डारीले स्थापना गरेको प्रतिष्ठान होइन । यहाँका जनताले लडेर भिडेर स्थापना गरेका हुन् । संगीता भण्डारीले दंगालीलाई भाग दिने होइन । उहाँले त दंगालीसँग मिलेर काम गर्ने हो ।
तपाइँ त सहजकर्ता पनि भएको व्यक्ति , किन समस्या समाधान गर्ने प्रयास गर्नु भएको छैन ?
म दुई महिनादेखि विरामी भएर काठमाडौं थिए । भरखरै मात्र आएको छु । अझै उपचारमै छु म यसबारे केही बोलेको छैन । दुई-तीन दिनदेखि बरु मेरो नाम जोडेर अनावश्यक समाचार आउन थालेका छन् भन्ने सुनेको छु म यसको घोर भ्रत्सना गर्दछु । अर्को कुरा प्रतिष्ठान कै जिम्मेवार व्यक्तिबाट दंगालीले साथ नदिए बुटवल जान्छ भन्ने अभिव्यक्ति दिएको भन्ने समाचारहरु आएका छन् यसको म खण्डन गर्दै केटाकेटी पारामा अनावश्यक अभिव्यक्ति नदिन आग्रह गर्दछु ।
खासमा यो के समस्या हो र कसरी समाधान हुन्छ भन्ने लाग्छ यहाँलाई ?
नमिलेको कुरो कहाँ हो भन्ने कुरा त पहिलो कुरो प्रक्रियागत रुपमा अगाडि जानु प¥यो । दोस्रो कुरो यहाँको सरोकारवालाहरु र प्रतिष्ठान स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल यहाँका नेतृत्वकर्ताहरुलाई वाइपास गरेर हस्पिटल कव्जा गर्ने तरिकाले संगीता भण्डारी आउनुभयो र उहाँलाई साथ दिने प्रबृतिहरु देखा प¥यो यो नै मुख्य समस्या हो ।
हस्पिटल कस्तो बनाउने प्रतिष्ठान कस्तो बताउने यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा त यहाँका मान्छेहरु जसले प्रतिष्ठान बनाउन मेहनेत ग¥यो उनीहरुसँग छलफल गर्नु प¥यो । म सुन्दै छु उहाँहरुले कर्मचारी भर्ना गर्दै हुनुहुन्छ रे उहाँले कसरी कर्मचारी भर्ना गर्दै हुनुहुन्छ ? नेपालमा अहिले तीन वटा निकायले मात्रै कर्मचारी भर्ना गर्न पाउँछन् । एक लोकसेवा आयोग, अर्काे शिक्षक सेवा आयोग र विश्वविद्यालय आयोग । त्यो भन्दा अरुलाई कर्मचारी भर्ना गर्न पाउने अधिकार नै छैन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी भर्ना गर्न पाउने अधिकार दिइएको छैन । त्यसका लागि त कर्मचारी नेमावली बन्नुपर्छ त्यो नेमावली मन्त्रालयमा जानुपर्छ लोकसेवा आयोगमा जानुपर्छ । अझ पहिलो कुरा त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु प¥यो यसको अर्बाणोग्राम बन्नु प¥यो सरचना बन्नु प¥यो । त्यो संरचनाअन्तर्गत कति कर्मचारी चाहिने हुन्, कति चिकित्सकहरु चाहिने हुन्, कति नर्सहरु चाहिने हुन्, कति प्राविधिकहरु चाहिने हुन्, कति प्रशासनिक कर्मचारी चाहिने हुन्, त्यसको अर्बाणोग्राम बन्नु प¥यो । त्यो अर्बाणोग्राम नेपाल सरकारले पास गर्नु प¥यो त्यसअन्तर्गत सरकारले बजेटिङको व्यवस्था गर्नु प¥यो र लोक सेवा आयोगले कर्मचारी पुर्ती गर्ने प्रक्रिया अगाडि बढाउनु प¥यो र त्यो प्रक्रिया पूरा नहँदासम्म करारमा कर्मचारी राख्ने अनुमति दियो भने मात्रै कर्मचारी भर्ना गर्न पाइन्छ मैले बुझेको यही हो ।
उहाँहरुले कर्मचारी भर्ना गर्दै हुनुहुन्छ रे कहाँ काम गराउन जसको कुनै कार्यालय नै छैन जसको आफ्नो कुनै संरचना छैन । केका लागि कर्मचारी भर्ना गर्ने ? पहिले त संरचना बनाउनु प¥यो राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान कहाँ बनाउने जग्गा कहाँ छ उहाँहरुलाई थाहा छ ? फाइल कहाँसम्म पुगेको छ उहाँहलाई थाहा छ ? विधि के हो उहाँहरुलाई थाहा छ ? उहाँहरुले हामीसँग आएर छलफल गर्नुभएको छ । जग्गा त दंगालीले दिने होला नि ! जग्गा कहाँ छ दंगालीलाई थाहा होला नि ! तर प्रतिष्ठानका नेतृत्वकर्ताहरु होटलमा बैठक गरेर आफ्नो प्रभुत्व जमाउने काममा लागे त्यहाँ समस्या हो । उहाँहरु सुर्धेर आउनुपर्छ ।
पहिलो कुरा उहाँहरुले काठमाडौं र ललितपुरबाट नक्कली चन्दादाता स्थापना गर्ने काम गर्नुभयो । प्रतिष्पर्धी संस्थाका व्यापारिहरुलाई ल्याएर सिनेटमा राख्ने काम गर्नुभयो त्यो कुराबाट उहाँहरु पछाडि हट्ने तयार हुनुहुन्छ हुन्न । अर्काे कुरा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरा अहिलेको सरकारको नीतिभित्र पर्दछ । हामीले यसो गर उसो गर भनेर भन्ने कुरा होइन ।
अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरणको प्रक्रिया के हो ?
यसको प्रक्रिया त नेपाल सरकारले निर्णय गर्नु हो, मन्त्रालयले निर्णय गर्नु हो कम्तीमा मन्त्रीपरिषदको निर्णय आवश्यक पर्छ । यहाँका कर्मचारीको व्यवस्थापन हुनुपर्छ । तर यसको पछाडि एउटा समस्या छ । अहिले नै अहिलेकै अवस्थामा अस्पताल हस्तान्तरण गरिदिनुभयो भने भोलिदेखि यो अस्पताल बन्छ हुन्छ । अहिले विशेषज्ञ सेवा छ । विशेषज्ञ डाक्टर छन् उनीहरु संरचन नै नभएको प्रतिष्ठानमा उनीहरु बस्छन् ? उनीहरु बस्दैनन् अनि अस्पताल बन्द हुन्छ ।
त्यसकारण जतिवेलासम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आफूमा स्वायत्त र फुलफेज सञ्चालन हुने अवस्था आउदैन त्यो स्थितिमा पुग्दैन त्यो वेलासम्म उपक्षेत्रीय अस्पताललाई कसरी सञ्चालन गर्छाै ? हामीसँग खाका हुनु प¥यो हामीसँग मेनपावर हुनु प¥यो । अहिले अस्पतालको साधारण खर्चमा मात्रै ५ देखि ७ करोडसम्म छ । त्यो खर्च प्रष्ठिानले कहाँबाट ल्याउछ ? प्रतिष्ठानलाई फुलफेज सञ्चालन गर्न अरबौं रकम चाहिन्छ कहाँबाट आउछ ? सरकारले एकैपटक अरबौं पैसा दिनसक्ने अवस्था छ कि छैन ? अनि यहाँका राजनीतिक दलका नेताहरुलाई विवादमा तानेर ती नेताहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेर दलका अमुख मान्छेहरुलाई बोकेर संस्था बन्छ ? संस्था सञ्चालनका लागि त सबै राजनीतिक दलहरुलाई साथमा लिएर जान सक्नुपर्छ सबै सामाजिक अभियान्ताहरुलाई साथमा लिएर जान सक्नुपर्छ अनि मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्णता पाउछ ।
तपाई त एउटा प्रमुख राजनीतिक दलको नेता पनि प्रतिष्ठानमा निर्माणमा समस्या भयो भनेर कोही सोधन आएका छैनन् ?
मैले अघि पनि भने म विरामी भएकाले एक- दुई दिनमात्रै भयो म यहाँ आएको । साँचिकै भन्ने हो भने म यहाँ आएपछि प्रतिष्ठानका बारेमा सोधने तपाईँ पहिलो व्यक्ति हो । तर यति भन्दै गर्दा राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बारेमा धेरै चासो राख्ने व्यक्ति हो । आवश्यक परे यसको नेतृत्व पनि गरौला । मैलाई एक शब्द कसैले सोधेको पनि छैन मैले सुनेको छु यहाँको नागरिक समाजका मान्छेहरु प्रतिष्ठानका निम्ति सबैभन्दा बढी लाग्नु भएको छ रे ।
