इन्द्रेणी संवाददाता
काठमाडौं, २६ चैत । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतलाई सफाइ दिएको छ । आइतवार अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर वागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिएको हो ।

Parsuram-Basnetअदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलका अनुसार युवा संघका नेता समेत रहेका बस्नेतमाथि लगाइएको सम्पत्ति शुद्धीकरणअन्तर्गत कसुर गरेर आर्जन गरेको सम्पत्ति शुद्धीकरण विभागको मुद्दामा मागदाबी गरेअनुसारको कसुर गरेको ठहर नभएकाले सफाइ दिइएको हो ।

बस्नेतसहित उनकी श्रीमती अञ्जुसिंह बस्नेतलाई पनि विशेष अदालतले सफाइ दिएको छ । सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरणअन्तर्गत ११ करोड ६१ लाख ४१ हजार ९७७ आर्जन गरेको भन्दै बिगोसहित अदालतमा मुद्दा दायर गरेको थियो ।