काठमाडौं, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

hkolpशनिवार संसद सचिवालयमा पुगेर माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली कांग्रेसकी वृन्दादेवी आले (राना) ले उम्मेदवारी दर्ता गराएकी हुन् । दाहाल प्रदेश–२ को महिला कोटाबाट र आले प्रदेश ४ को महिला कोटाबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

उपाध्यक्षका लागि आज आइतवार निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अध्यक्षतामा एमालेका गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।