इन्द्रेणी संवाददाता
दाङ, २६ फागुन । राप्ती अंचल सार्बजनिक यातायात ब्यबसायी समितिको अध्यक्षमा पुनः सुरेश हमाल निर्वाचित भएका छन् । आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी उनको मात्रै परेपछि हमाल निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
समितिले शुक्रवार मात्रै आफ्नो १७ औँ अधिबेशन सम्पन्न गरेको छ । अधिवेशनबाट समितिको उपाध्यक्षमा पुष्कर धिताल र मान बहादुर डि.सी निर्बिरोध भएका छन् । त्यस्तै सह–कोसाध्यक्षमा इन्द्रबहादुर शाह, महिला सदस्यमा धनकुमारी आचार्य (माया पाण्डे) र बिमला क्षेत्री चयन भएकी छन् ।











