इन्द्रेणी संवाददाता
दाङ, २५ फागुन । प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । कार्यतालिका अनुसार आज सम्पन्न सभामुख पदका लागि मनोन्वयन दर्तामा उनको मात्रै उम्मेदवारी परेकाले महरा निर्विरोध भएका हुन् ।
mahara sirवाम गठबन्धनका तर्फबाट महराले उम्मेदवारी दर्ता गराएका थिए भने प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले समेत महरालाई समर्थन गर्दै उम्मेदवारी दर्ता गराएन ।

सभामुख सिंगो संसदको नेता भएकाले सर्वसम्मत चयन हुनुपर्ने भन्दै काग्रेसबाट उम्मेदवारी दर्ता नगरिएको कांग्रेस प्रवक्ता विश्प्रकाश शर्माले प्रतिक्रिया दिए । यो पदमा प्रतिपक्षको पनि समर्थन रहनु नयाँ संसदको राम्रो र सकारात्मक काम ठानिएको छ ।
महरा सभामुखमा निर्विरोध भएपनि यसको औपचारिक घोषणा भोलि हुने संसद बैठकले मात्रै गर्ने छ ।