घोराही, ११ असार । प्रेस सेन्टर नेपाल, दाङले यही असार १५ गते शहीद परिवारको घरमा श्रमदान गर्ने भएको छ । सेन्टरको एकता सम्मेलनपछिको शनिबार घोराहीमा सम्पन्न पहिलो पूर्ण बैठकले धान दिवसको अवसरमा तुलसीपुर–१५ हलवारस्थित शहीद परिवारको घरमा श्रमदान गर्ने निर्णय गरेको हो । बैठकले संगठनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि विभिन्न विभाग तथा भूगोलको जिम्मेवारी तोकेको सचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।

maxresdefault (1)उहाँका अनुसार वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीको संयोजकत्वमा गिरिराज नेपाली र राजकुमार चौधरी रहेको प्रकाशन विभाग गठन गरेको छ ।
त्यसैगरी उपाध्यक्ष सन्तोष अधिकारीको संयोजकत्वमा उदय विसी र सुशीला वली सदस्य रहेको कार्यक्रम व्यवस्थापन विभाग, सचिव पाण्डव शर्माको संयोजकत्वमा सुमन वली र दीपक बोहरा सदस्य रहेको संगठन तथा सञ्चार विभाग गठन गरेको छ । त्यसैगरी जनक नेपालीको संयोजकत्वमा तुलसीराम वली र सीमा आचार्य रहेको प्रशिक्षण विभाग, केशरमान विसीको संयोजकत्वमा युगराज पोख्रेल, शान्तकुमार बुढा र राजेश चौधरी सदस्य रहेको आर्थिक विभाग गठन गरेको छ ।

बैठकले संगठनको देउखुरी क्षेत्रको संयोजकमा दिवाकर पोख्रेल र तुलसीपुर ९पश्चिम दाङ० क्षेत्रको संयोजकमा दामोदर बस्नेत ‘राकेश’लाई दिइएको छ । सेन्टरका जिल्ला अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं सेन्टरका केन्द्रीय सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संगठनको वार्षिक मुखपत्र ‘हाम्रो कलम’ प्रकाशित गर्ने निर्णय गरेको छ ।