काठमाडौं, २० फागुन । सरकार विस्तार गर्ने र संघीय समाजवादी फोरम सरकारमा जानेबारेमा आज वसेको नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच छलफल पनि विना निष्कर्ष सकिएको छ ।

Bam-forum-47274837प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वसेको छलफलमा फोरमलाई सरकारमा लैजाने र मन्त्रालय वाँडफाँटबारे फेरि छलफल बताइएको छ । फोरमलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफलका लागि भएको बैठक आजै शपथपछि तीनै नेताहरू पुनः बसेर टुंग्‍याउने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ सहभागी थिए ।