काठमाडौं, २० फागुन । संघीय संसदको सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ। आज आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको बैठकले सभामुखको निर्वाचन फागुन २६ गते गर्ने निर्णय गरेको हो।
त्यस्तै बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको छ । निर्वाचन तालिकानुसार फागुन २६ मा सभामुखको निर्वाचन, ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन, चैत २ गते उपसभामुखको निर्वाचन र चैत ४ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको छ।











