इन्द्रेणी संवाददाता 

विजौरी गाविसमा रहेका विद्यालयहरुका ६२ जना किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य संवन्धि एकदिन प्रशिक्षण दिईएको छ । विजौरी युवा सञ्जालको आयोजनामा किशोर किशोरीहरुका लागी आयोजना गरीएको यौन तथा प्रजनन् स्वास्थ्य संवन्धि एकदिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विजौरी स्वास्थ्य चौकीका प्रमुख डिल्ली केसीले प्रजनन रुपमा पुर्ण स्वास्थ हुनका लागि प्रजनन अंगहरु ठीक, सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृश्टिकोण, अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी रहेको वताउनु भएको छ । प्रशिक्षक केसीले मानिस सामाजिक रुपमा पनि स्वस्थ हुनु जरुरी रहेकोले अर्काको सम्मानमा ठेस पुग्नेगरी जिस्काउने, छुने, यौनहैरानि गर्ने कार्यलाई पनि प्रजनन अस्वास्थ्यताको रुपमा हेरीने भन्दै किशोर किशोरीहरुले यसतर्फ विशेस ख्याल गर्नुपर्ने वताएका थिए ।

padसञ्जालका अध्यक्ष गणेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विजौरी गाविस सचिव कृष्ण वहादुर वली रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका हिमवहादुर डाँगी, नेकपा एमालेका सेवक पौडेल, वैदेशिक परामर्स केन्द्र दाङका मान वहादुर केसी गाउईकाई वनमहासंघ विजौरीका अध्यक्ष नन्दाराम रोका माओवादी केन्द्रका दलवहादुर महत, महिला सञ्जालकी दुर्गा मल्ल, वाल अमृत वोर्डीङ स्कुलकी ममता राकाय लगाएतले वोल्नु भएको थियो । सञ्जालका सवासचिव तुल्सीराम वलीको स्वागात मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ईन्द्र वहादुर खड्काले गर्नुभएको थियो ।।