सल्यान, ७ फागुन । शारदा यातायात प्रालिको अध्यक्षमा शंकरदेव खड्का चयन भएका छन् । सोमबार सम्पन्न प्रालिको बैठकले वरिष्ठ सल्लाहकार खड्कालाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो ।

sankardev khadkaप्रालिका संस्थापक अध्यक्ष पूर्णबहादुर खत्रीको स्वास्थ्यमा समस्या आएमन मनरण्न उनी उपचारका लागि जानुपर्ने भएकाले नयाँ अध्यक्ष चयन गरिएको प्रालिले जनाएको छ । सञ्चालक समितिले सस्थापक अध्यक्ष पूर्णबहादुर खत्री र दोर्णप्रसाद जैसीलाई सल्लाहकारमा चयन गरेको छ ।