दाङ, ७ फागुन । ६८ औं प्रजातन्त्र दिवस दाङमा पनि मनाइएको छ । दिवस मूल समारोह समितिले प्रजातन्त्र दिवसको अवसरमा घोराहीमा प्रभातफेरि तथा अन्तक्रिया गरेको छ ।

ind33सहिद गेटबाट शुरु भएको प्रभातफेरिले बजार परिक्रममा गरेर घोराही उपमहानगरपालिकाको हलमा पुगी कार्यक्रमा परिणत भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भएर अहिले मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको स्मरण गर्दै अबको समय भनेको मुलुकको संमृद्धि भएको बताए ।

मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले प्रजातन्त्रको संस्थागत विकास आवश्यक भएको वताए ।

त्यस्तै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले अब प्रजातन्त्रको अनभूति गर्ने गरेर काम गर्नु सवैको दायित्व भएको वताएका थिए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्की, घोराही उपमहानगरपालिका उप्रमुख सीता न्यौपाने, नेकपा एमाले दाङका सचिवालय सदस्य मनोहर बुढाथोकी र नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तलगायतले बोलेका थिए ।