वुटवल, ७ फागुन । चार दिनअघि हराएका मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन्।
गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले भने चार दिनअघि आफ्नो छोरा अपहरणमा परेको बताए। अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरे। मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।