इन्द्रेणी संवाददाता
काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली “सुदर्शन” र पोलिटव्यूरो सदस्य पदम राईलाई प्रहरीले गिरफ्तार गरेकोमा कडा प्रतिक्रिया जनाएका छन् । उनले गिरफ्तारीको घोर भत्र्सना गर्दै नेताद्वयलाई बिनाशर्त मुक्त गर्न माग गरेका छन् ।
“अन्यथा ओली सरकारको दिनगन्ती यहींबाट शुरु भएको चेतावनी दिन चाहन्छौं”, विप्लवले आफ्नो विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा विप्लवले नेताद्वयलाई तत्काल बिनाशर्त मुक्त नगरेमा फागुन ८ गते नेपालबन्दको आव्हान समेत गरेका छन् । नेताद्वय ओली र राईलाई युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयंसेवक नेपालको आजदेखि विराटनगरमा शुरु हुने तेस्रो राष्ट्रिय सम्मेलनमा जाँदै गर्दा पक्राउ गरिएको थियो । विज्ञप्तिमा ऐतिहासिक सम्मेलनमा युवाहरु जुटेको र दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गरिएको छ । शिखर न्युज डटकमबाट
विप्लवको विज्ञप्तिको पूर्णपाठ :
आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जन स्वयंसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।
साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।
यदि ओली सरकारले हाम्रो आग्रहलाइै वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।
विप्लव
महासचिव
मितिः २०७४ फागुन ६ गते
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)