इन्द्रेणी संवाददाता 

काठमाडौं, ६ फागुन । बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा मेक्सिकोमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

helocaptor durghatana

मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।