काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियासँग सम्बन्धित तस्वीर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । प्रकाश दाहालको स्मृतिमा नेपाल सांस्कृतिक संग्रहालयले नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजना गरेको प्रदर्शनीको पानसमा बत्ती बालेर अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।
नेकपा (माओवादी)ले जनयुद्दको तयारी चरण, शुरुआत गरेको समय र त्यसपछि जनयुद्धका मुख्य–मुख्य घटनाहरु, छापामारहरुको जीवन, युद्धकालका अन्य घटनासँग सम्बन्धित तस्वीर र शान्ति प्रक्रियासँग जोडिएका घटनाका तस्वीर प्रदर्शनीमा राखिएका छन् ।
कार्यक्रमको उद्घाटन अवसरमा अध्यक्ष प्रचण्डले नेपाली समाज र राजनीति अहिलेको अवस्थासम्म आइपुग्नुमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको भन्दै जनयुद्ध र त्यसका पात्रहरुलाई झल्काउने गरी तस्बिर प्रदर्शनी गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली समाज र राजनीति यो अवस्थामा आइपुग्नुमा, संघीयता, लोकतन्त्र र समावेशी संविधान निर्माणदेखि कार्यान्वयनको चरणसम्म देशलाई ल्याई पु¥याउनुमा निर्णायक भूमिका खेलेको जनयुद्ध र त्यसका पात्रहरुलाई झल्काउने गरी प्रदर्शनी आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दछु ।’
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)