महोत्तरी, ५ फागुन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ । मटहानी नगरपालिका–७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

mrityu

हत्या किन र कसले गर्यो भन्नेबारेमा केही खुलेको छैन । नेपाल प्रहरीका एसपी कुबेर कठायतले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको जानकारी दिए।
अनलाइन खबरबाट