इन्द्रेणी संवाददाता
काठमाडौं, ३ फागुन। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचनको प्रस्ताव गरेको छ ।

sittel-nibasराष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग छलफल गरेको हो ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफल क्रममा फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको हो ।