इन्द्रेणी संवाददाता
दाङ, ३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि घोराहीमा शुरु भएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय कृषि प्रर्दशनी मेला–२०७४ को उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका हुन् ।

indddmमहोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति पुनले महोत्सव अहिले एउटा संस्कृति नै भइसकेको उल्लेख गर्दै यसले समग्र देशको अर्थतन्त्रको उन्नतीमा महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्सान, पर्यटन विकासलगायतका क्षेत्रमा अहम भूमिका निर्वाह गर्ने बताए । उनले मुलुकको अबको आवश्यकता संमृद्धि भएकाले सरकाी तथा नीजि क्षेत्रले मुलुकलाई संमृद्धितर्फ लैजान सहकार्य गरेर अगाडि वढ्नुपर्ने उनले बताए । प्रमख अतिथि समेत रहेका उपराष्ट्रपनि पुनले दाङ संमृद्धिका लागि अत्यन्त सम्भावना वोकेको जिल्ला भएको उल्लेख गर्दै दाङसँग आफ्नो सम्बन्ध धेरै जनिक रहेको बताए ।

कार्यक्रममा विशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले महोत्सवले दाङको स्थानीय उत्पादनलाई प्रोत्सान गर्नुका साथै यस क्षेत्रका आर्थिक तथा पर्यटकिय विकासलगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ले उल्लेख गर्दै महोत्सव सफलताको शुभकामना दिए

महोत्सव मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटन अघि शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न संस्कृति झल्कने झाँकी समेत रहेका थिए । फागुन १३ गतेसम्म चल्ने महोत्सवमा विभिन्न २ सय १९ स्टलहरु रहेका छन् ।