इन्द्रेणी संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै ओली प्रधानमन्त्रीको लिने भएपछि समर्थन गरेको दल नेकपा माओवादी केन्द्र सरकारमा जाने वा नजाने भन्ने अन्यौलमा छ । तर नाम नखुलाउने सर्तमा माओवादीका एक् नेताले माओवादी आजै सरकारमा नजाने खबरडबलीलाई बताए । यदि एमालेसँग सबै कुरा मिलेको खण्डमा माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी थियो ।

parti akata

‘एमालेसँग केहि राजनीतिक छलफल टुंगिएको छैन्, त्यसैले अहिले नै सरकारमा सहभागी हुँदैनौं’ उनले खबरडबलीसँग भने ‘एमालेको जबरजस्तको कारण अहिले नै सरकारमा सहभागी माओवादी नहुने भएको हो ।’

वाम एकताको लागि ९५ प्रतिशत टुंगिसकेको बताइएपनि एकता भने ५ प्रतिशतमा अड्किएको छ । हिजो भएको छलफलमा एमालेले माओवाद नमान्ने र माओवादीले जनताको बहुदलिय जनवाद (जबज) मान्नपर्ने अडान राखेकाले एकता अड्किएको हो । विवादबारे समाधान खोज्न हिजोको बैठकले छुट्टाछुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

त्यसोत आज बिहान पनि माओवादीको बैठक बसेको थियो । उक्त बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, कृष्ण बहादुर महरा टोपबहादुर रायमाझी, पन्फा भुसाल, जनार्दश शर्मा, देब गुरुङ, मात्रिका यादव, गिरीराजमणि पोखरेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । सो बैठकले माओवादी नमान्ने र जबज मान्नुपर्ने एमाले अडान भएकाले अहिले नै सरकारमा जान नहुने निष्कर्ष निकालेको थियो । त्यसकारण नै आजै माओवादी सरकारमा नजाने तर ओलीलाई समर्थन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले खबरडबलीलाई जानकारी दिए । खबरडबलीमा खबर छ