इन्द्रेणी संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेल प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

20180214_181452

प्रदेश प्रमुख उमाकान्त झाले माओवादीको समर्थनमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

भोलि मुख्यमन्त्री पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।