इन्द्रेणी संवाददाता
गोरखा, २ फागुन । नेपालका प्रथम शहीद लखन थापाको १ सय ४१ औँ स्मृति दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । थापाको जन्मस्थल गोरखाको शहीद लखन गाउँपालिका–८, बुंकोटमा कार्यक्रम गरी शहीद थापाको स्मृति दिवस मनाइदैछ ।

lakhan_thapa_ii२०५६ सालमा शहीदको सूचीमा राखेका थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते मात्रै प्रथम शहीदको औपचारिक मान्यता दिएको हो ।

वि.सं. १९३३ फागुन २ गते तत्कालीन राणा शासकले बुंकोटको काहुले भंगारमा थापा र उनका सहकर्मी जैसिं चूमि मगरलाई फाँसी दिई हत्या गरेका थिए ।