इन्द्रेणी संवाददाता
काठमाडौं, २ फागुन। पार्टी एकताका लागि निरन्तर छलफलमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई अन्तिम रुप दिन दुवै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

kp parchandaमंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताकाको आधाभुत मोडालिटी तयार गरेपछि एकता संयोजन समितिको छलफल गरेर एकतालाई अन्तिम रुप दिने तयारी भएको हो ।

ओली र प्रचण्डबीच मंगलबार भएको छलफलमा नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक विषय टुंग्याएको बताइएको छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउने भन्दै ओली र प्रचण्ड तीब्र छलफलमा जुटेका थिए ।