काठमाडौं, २९ माघ। संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

Dormani-Paudel_प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई आज सपथ गराएकी हुन् । सपथपछि मुख्यमन्त्री पौडेलले सहिद स्मारकमा आज नै पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।