इन्द्रेणी संवाददाता
दाङ, १० असार
दाङमा आज भएको सवारी दुर्घटनामा एक जना घाइते हुनुभएको छ ।
पुर्ववाट पश्चिम आँउदै गरेको ग १ ख ४६६१ नं को ट्रक र सोही दिशावाट आँउदै गरेको लु १ ख ४१२४ नं को ट्रक लमही नगरपालिका ३ सुनडवरीमा एकआपसमा ठोकिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
दुर्घटनामा लु १ ख ४१२४ नं को ट्रकका चालक तुलसीपुर वस्ने ३१ वर्षका छवि रावत घाइते भएको प्रहरीले वताएको छ । खुट्टा र हातमा चोट लागेका रावतको देउखुरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरेको छ ।।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)