इन्द्रेणी संवाददाता
तुलसीपुर, २८ माघ । रोटरी क्लब अफ तुलसीपुर सिटी, लायन्स क्लब अफ दाङ र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शान्तिनगर ७ खैरेनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा शिविरका संयोजक बिजय केसीले शिविरको स्थानीय संयोजन मिड वेष्ट प्वाइन्ट एकाडेमीका संस्थापक सुबोध डाङीलाई प्राथमिक उपचारमा प्रयोग हुने अति आवश्यक औषधी सहितको फष्ट एड बक्स हस्तान्तरण गरेका थिए ।











