इन्द्रेणी संवाददाता
मोरङ, २८ माघ २८ – प्रदेश नं. १ को सभामुखमा सुनसरीका प्रदिप भण्डारी सर्वसम्मत भएका छन् । एमाले संसदीय दलको बैठकले भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो ।
संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरिएको नेकपा एमाले १ नम्बर प्रदेश संयोजक भीम आचार्यले बताए । उनलाई माघ २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको चुनाव मिति सोमबारलाई तय गरेसँगै आइतबार मनोनय दर्ता भएको छ ।