चितवन, २६ माघ। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन् ।

Arjun-narshing-KCनेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।”

अर्को एक प्रसंगमा उनले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताए । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए ।