इन्द्रेणी संवाददाता
दाङ, २६ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ५ ले झण्डै ३ सय ज्येष्ठ नागरिकलाई परिचय पत्र बितरण गरेको छ ।
साविक धर्ना गाबिसका वडा नं. १, २, ३, ४, ५ र ७ का ३ सय बढी ज्येष्ठ नागरिकलाई पाएकपर्ने स्थानबाट परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले जानकारी दिए ।
साविकका वडा नं.१, २ र ३ बाट १ सय ५० र ४, ५ र ७ नम्बर वडाका १ सय ५० जनालाई परिचय पत्र प्रदान गरिएको र अन्य छुटेका ज्येष्ठ नागरिकलाई पनि छिट्टै वितरण गरिने छ । ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई उपमहानगरले परिचय पत्र बितरण गर्दै आएको छ ।











